किरात याक्खा प्रथम फोटो प्रतियोगीता भव्य रुपमा सम्पन्न

आश्विन १०, २०७७ – किरात याक्खा भाषा, धर्म, भेषभुषा तथा संस्कृतिको संरक्षण तथा सम्बर्धन गर्ने उद्देश्यले याक्खा सेरोफेरो रेडियो तथा यु ट्युव कार्यक्रमद्धारा आयोजित प्रथम याक्खा फोटो प्रतियोगिता २०२० नतिजा आज घोषण भएको छ । प्रतियोगीताको नतिजा एक समारोह बिच घोषण गर्दै उक्त कार्यक्रम समापन भएको छ ।

धरान १६ स्थित जोर सखुवामा रहेको किरात याक्खा छुम्माको केन्द्रिय भवनको सभाहलमा सम्पन्न कार्यक्रममा विजेता प्रतियोगीहरुलाई पुरुस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगीतामा अग्रज अर्थात ४० वर्ष भन्दा माथिको उमेर समुह, खुल्ला ११ वर्ष देखि ४० वर्ष उमेर समुहका, बालबालिका १० वर्ष भन्दा मुनि उमेर समुहको र युगल कुनै पनि उमेर समुहको गरि ४ विधामा नतिजा निकालिएको थियो । खुल्ला तर्फबाट आशा याक्खा प्रथम, सुष्मा छाला याक्खा द्धितीय, सञ्जय याक्खा तेश्रो, रुविना याक्खा, सुशिला याक्खा सान्त्वना र सृजना याक्खाले पब्लिक चोइसको उपाधि हात पारेका थिए । यस्तै अग्रज तर्फ कल्पना लिंखा याक्खा प्रथम, इन्द्रमाया कोङ«ेन याक्खा द्धितीय, भद्र लिंखा याक्खा तेश्रो, नुमा लिंखा याक्खा, निर बहादुर ताम्ली याक्खा सन्त्वना र जुन माया याक्खाले पब्लिक चोइसको उपाधि हात परेका छन । यसै गरि बालबालिका तर्फबाट सुनिस्का याक्खा प्रथम, भैसाली देवान याक्खा द्धितीय, ओम्साङ याक्खा तेश्रो, समर सोम्याहाङ र श्रीया सोम्याहाङ याक्खा, निक्नेस कोङ«ेन याक्खाले सन्त्वना र प्रियङ्का याक्खाले पब्लिक चोइस उपाधि हात पार्न सफल भएका छन भने युगल तर्फबाट जस बहादुर याक्खा र जय कुमारी याक्खाले उपाधि हात पारेका छन । युगल तर्फ भनै कुनै पनि श्रेणी नराखी एक युगललाई मात्र उपाधि दिइएको थियो ।

प्रतियोगीतामा प्रथमलाई पाँच हजार नगद सहित प्रमाण पत्रले सम्मान गरिएको थियो । दोश्रोलाई चार हजार र तेश्रोलाई तीन हजार नगद सहित प्रमाण पत्रले सम्मान गरिएको थियो । यसै गरि सन्त्वना र पब्लि चोइसलाई जनही २÷२ हजार नगद सहित प्रमाण पत्रले सम्मान गरिएको थियो । त्यसै गरेर आयोजकले प्रतियोगीतामा सहभागी सबै प्रतियोगीहरुलाई प्रमाण पत्रले सम्मान गरेका थियो ।

रेडियो धरानबाट प्रसारण हुने याक्खा सेरोफेरो कार्यक्रम सञ्चालक समितीको आयोजनामा किरात याक्खा छुम्मा हङकङको प्रायोजकमा गरिएको उक्त प्रतियोगीतमा देश देखि विदेशबाट दुई सय भन्दा बढी सहभागीहरुको सहभागीता रहेको थियो । आयोजकको अनुसार प्रतियोगीताको सुरुवाती समयमा सभागीता कम हुने आंकलन गर्दै नतिजा निकाल्दा यसरी विभिन्न विधामा निकाल्ने सोँच नभएता पनि प्रतियोगीताको अन्तिम चरणमा आइपुग्दा सहभागीहरुको हौसलालाई मध्यनजर गरेर नै यसरी विधागत रुपमा नतिजा निकालिएको हो । आयोजक समितिका अध्यक्ष देवराज याक्खाको अध्यक्षतामा गरिएको उक्त समारोहमा किरात याक्खा छुम्मा केन्द्रिय भवन निर्माण समितिका सहसंयोजक मान बहादुर याक्खा प्रमुख अतिथि रहेका थिए । यसका साथै निर्णायक मण्डलका बम देवान, सोमा याक्खा र एकेए डिजे मिलक स्याडो देवान राई सहित भारि प्रतियोगी तथा गैह्रपतियोगीहरुको उपस्थितीमा उक्त समारोह सम्पन्न भएको थियो ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.