किरात राई विद्यार्थी संघ सुनसरीको आयोजनामा खुल्ला अनलाईन कविता प्रतियोगीता सम्पन्न

भाद्र २०, २०७७ – किरात राई विद्यार्थी संघको २२ औँ स्थापना दिवसको अवसरमा किरात राई विद्यार्थी संघ सुनसरी जिल्ला कार्यसमितिको आयोजनामा भएको खुल्ला अनलाईन कविता प्रतियोगिता आज सम्पन्न भएको छ । फेसबुक लाइभबाट आज एक कार्यक्रम गरि उक्त प्रतियोगीताको अन्तिम नतिजा घोषणा गरिएको थियो ।

सुनसरी कार्यसमितिकी अध्यक्ष निता काङमाङ राईको अध्यक्षतामा गरिएको कार्यक्रममा निर्णायक मण्डलका सदस्य राजेश विद्रोहीले नतिजा घोषणा गरेका थिए । उक्त प्रतियोगीतामा वरिष्ठ पत्रकार तथा लेखक जनकऋषि राई, रंगकर्मि तथा कवि पत्रकार गोपाल देवान र प्रध्यापक तथा गीतकार राजेश विद्रोही गरि ३ सदस्य निर्णायक मण्डलमा रहेका थिए । प्रतियोगीतामा खोटाङका सुभचन्द्र राईले प्रथम स्थान ओगट्न सफल भएका थिए । त्यसै गरेर दोश्रो स्थान रुकुम पश्चिमका उमेश मगर र तेश्रो स्थान धरानका प्रदिप योङहाङले हात पारेका छन । यसका साथै ललितपुरकी प्रभा राईले प्रतियोगीताको सान्त्वना उपाधि हात पारेकी छन ।

धरान स्थित किरात राई यायोक्खाको सुनसरी जिल्ला कार्यसमितीको भवनमा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष निता काङमाङ राईले कार्यक्रममा बोल्दै भनिन स्थपनाकाल देखि नै हरेक वार्षिकोत्वसको अवसरमा विभिन्न कार्य गर्दै आउने हाम्रो परम्परालाई निरन्तरता दिने ध्येयले यो विषम परिस्थितीमा अनलाइनको अर्को विकल्प नभएकोले अनलाई कविता प्रतियोगीता गरिएको जनाइन । यसका साथै उनले थपिन अबको दिनमा पनि यस्ता खाले क्रियाकलाप गर्ने प्रतिवद्ध जनाएकी छन । उनले भनिन कोभिड १९ को कारणले म्ुलुक आक्रान्त छ हामीमा पनि त्रासदी उतिकै छ तर पनि त्रासदीको माँझ यो कार्यक्रम गर्ने जमर्को गरेका थियौ सोँचे भन्दा राम्रो सहभागीता पाएकोले आगामी दिनमा पनि हामिलाई काम गर्न उर्जा मिलेको भन्दै सम्पुर्ण सहभागी प्रति आभार प्रकट समेत गरेकी थिइन । कार्यक्रममा बोल्ने क्रममै उनले भनिन मुलुकमा महामारिको रुपमा फैलिएको कोभिड १९ को अवस्था सामान्य भएपछि स्कुल तह सम्मको विद्यार्थीलाई गठीत गर्दै स्थानिय तह सम्म किरात राई विद्यार्थी संघको पहँचलाई विकाश गर्ने योजना रहेको समेत उनले बताइन ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.