स्टेट १ सिङ्गिङ आइडल विजेता जस्मिन बराललाई भेष्पा स्कुटर हस्तान्तरण

श्रावण १४, २०७७ -रेडमुन इन्टरटेन्मेन्टको आयोजनामा गत वर्षको मंसिरमा सम्पन्न प्रदेश नं १ स्तरीय गायन प्रतियोगिता स्टेट १ सिङगिङ आइडल २०७६ का विजेताहरूलाई आज बुधबार पुरस्कार वितरण गरिएको छ । विजेताहरूलाई वरिष्ठ गायक दिप श्रेष्ठकाे प्रमुख आतिथ्यमा पुरस्कार वितरण गरेकाे हाे ।

प्रतियोगिताकी विजेता झापाकी जस्मिन बराललाई अढाई लाख भन्दा बढी मुल्यको भेष्पा स्कुटर प्रदान गरिएको छ । स्कुटर कुमार एण्ड सन्स अटो प्रा. लि. धरानको भेष्पा एण्ड अप्रिलिया सोरूम धरानले प्रायोजन गरेको इन्टरटेन्मेन्टका अध्यक्ष रोशन प्रधानले बताए ।

प्रतियोगिताकी दोस्रो उदयपुरकी शोभा तामाङलाई नगद ७० हजार र तेस्रो पाँचथरका समीर महतेलाई ५० हजार प्रदान गरिएको प्रधानले बताए । यस्तै, उत्कृष्ट सहभागिताको एवार्ड बराहक्षेत्रका गोमा कुलुङलाई पुरस्कार बापत १५ हजार प्रदान गरिएको छ । गोमाको लागी सबसारा रिर्सोट भेडेटारले नगद प्रायोजन गरेको हो ।

आज धरान १० स्थित ज्वाई खानामा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरी उक्त पुरस्कारहरू वितरण गरिएको हो । पुरस्कार वितरण कार्यक्रममा विजेता बरालकी बुवा पुरन बराल र आमा देवी बारल, उपविजेता तामाङकी आमा विष्णुकुमारी तामाङ, समाजसेवी किरण श्रेष्ठ, सिल्भर इन्टरटेन्मेन्टका साैरभ श्रेष्ठ, साैगात रिजाल लगायतको उपस्थिती रहेको थियो ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.