होटेल गजुरको नयाँ प्रस्तुती विवाह जस्ता कार्जे व्यवस्थापन

जेठ ३०, २०७७ – धरान स्थित भोटेपुलमा अवस्थित होटल गजुर प्यालेसको टिमले विवाहको संयोजन (वेडिङ प्लान) गर्ने भएको छ । गजुर वेडिङ प्लानर्स एण्ड इभेन्ट म्यानेजमेन्ट भनी छुट्टै टिम यस कार्यको लागी तयार भएका छन । यो टिम होटेल गजुरकै सञ्चालक टिमका सदस्यहरू रहेका छन ।

करीब एक साता अघि यस विषयमा तालिम लिएर प्लानिङ समुह तयार गरीएको होटल गजुरकी सिइओ रञ्जना झाले जानकारि दिएकी हुन । सिइओ रञ्जनाको अनुसार ‘गजुर वेडिङ प्लानर्सले देशभर सेवा दिनेछ । एउटा विवाहका लागी आवश्यक पर्ने सबै सेवा जस्तै संगित, हल्दी कार्यक्रम, मेहेन्दी कार्यक्रम, स्थान, फोटोग्राफी र भिडियोग्राफी, क्याटरीङ, डेकोरेसन सबै उपलब्ध हुनेछ ।’ उनले भनिन, ‘हामी १० जनाको टिमले हरेक व्यक्तिको महत्वपूर्ण अवसर विवाहलाई अविस्मरणिय बनाउनका लागी पूर्ण रूपले लागी पर्नेछाै ।’

विवाहको लागी अहिले चारवटा क्याटोगरी रहेको रञ्जानाले बताइन । ‘हाल हामीले रोयल, क्लासिक रोयल, प्राइम र प्राइम प्लस गरी चार क्याटोगरीको विवाहको प्लान गरेका छाै ।’ उनले भनिन, ‘क्लासिक रोयलमा आवश्यकता अनुसार घोडा लगायतको सुविधा दिइनेछ । यस्तै प्राइम प्लसमा हरेक समुदायको संस्कृति अनुसारको विधीहरू प्लस गरिनेछ । रोयल राजकिय तरीकाको र प्राइममा विवाहका लागी चाहिने आधारभुत सेवा प्रदान हुनेछ ।’ विवाह घरमा वा बाहिर देशभर जहाँ गरेपनि सेवा उपलब्ध हुने उनले बताइन ।

गजुर वेडिङ प्लानर्स एण्ड इभेन्ट म्यानेजमेन्टले वेडिङ, डेस्टिनेसन वेडिङ, इन्जेगमेन्ट, एनिभर्सरी, कर्पोरेट इभेन्ट, बेबी सावर, ब्रतबन्ध, गुन्युचोली, पास्नी, जन्मदिनको कार्यक्रम लगायतको सेवा दिइने होटल गजुर प्यालेसका संचालक गोपाल आर्चायले बताए । सेवाको लागी होटल गजुर प्यालेसको वेभसाइट www.hotelgajur.com वा ०२५ ५२१८७२ मा सम्पर्क गर्न सकिने आचार्यले बताए ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.