मदन पुरस्कार गुठीले मदन पुरस्का २०७६ काे लागी सात कृतिकाे सुचि तयार गर्याे
श्रावण २१, २०७७ – मदन पुरस्कार गुठीले मदन पुरस्कार २०७६ लागि ७ कृति छनोट गरेको छ ।
आज बुधबार गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा हस्ताक्षरित विज्ञप्ती गुठीले सार्वजानिक गरेकाे हाे । २०७६ सालमा प्राप्त भएका १५१ पुस्तकमध्येबाट ७ कृति छनोट गरिएकाे विज्ञप्तीमा उल्लेख छ ।

छनाेट भएकाे उक्त कृतिहरूमा विमल निभाको कविता संग्रह जोकरको बन्दुक, तीर्थ श्रेष्ठको कविता संग्रह धर्सैधर्साको चक्रव्यूह, भुवन ढुंगानाको उपन्यास परित्यक्ता, योगी धर्ममहारसको आयुर्वेदसम्बन्धी कृति महारसनिघण्टु (१–३), चन्द्रप्रकाश बानियाँको उपन्यास महारानी, ललित विष्टको कथा संग्रह मोहपथ र शारदा शर्माको कविता संग्रह यात्रामा नामको कृति परेको छ ।
अब यी मध्ये कुनै एक कृतिले मदन पुरस्कार पाउनेछ ।