आज भएको गोधुली कप खेलमा धरान १५ र १७ विजयी

पुष २३, २०७६,
धरानमा जारि गोधुली फुटबल रनिङ कपको आज भएको खेलमा धरान १५ र १७ ले अर्को राउण्डको खेलमा प्रवेश गरेका छन । धरान वाडा नम्बर १५ ले ४ र १७ ले २० लाई हराउँदै दोश्रो राउण्डको लागि आप्mनो स्थान पक्का गरेका हुन ।

धरान रंगाशालामा आज भएको पहिलो खेलमा धरान १५ ले ४ लाई ३–० फराकिलो गोल अन्तरले पराजित गर्दै जित हात पारेको थियो । प्रतिस्पर्धात्मक खेलमा धरान १५ को तर्पmबाट खेलको पहिलो हाफमा ११ औँ मिनेटमा विश्वजित राईले गोलको खाता खोल्दै टिमलाइ १–० गोल अन्तरले अग्रता दिलाएका थिए । उक्त खेलमा १–० गोल अन्तरमा पहिलो हाफ खतम भएको थियो भने दोश्रो हाफको २५औँ मिनेटमा सञ्जय लिम्बुले गोल गर्दै धरान १५ लाई २–० गोल अन्तरले अग्रता दिलाएका थिए । धरान ४ को तर्पmबाट भने गोल हुन सकेन । खेलको अन्तिममा अतिरिक्त समयमा धरान १५ को तर्पmबाट बसन्त बानियाले गोल गर्दै ३–० गोल अन्तरले जित सुनिश्चित गरेका थिए ।

त्यसै गरेर आजै भएको दोश्रो खेलमा धरान १७ र २० को प्रतिस्पर्धा रहेको थियो । उक्त खेलमा ३–१ गोल अन्तरले धरान १७ ले २० लाई पराजित गर्दै जित हात पारेको थियो । धमासन प्रतिस्पर्धा विच भएको खेलमा धरान १७ को तर्पmबाट मिलन राई खेलको ३३ औँ मिनेटमा गोलको खाता खोल्दै टिमलाई १–० गोल अन्तरले अग्रता दिलाएका थिए । त्यसै गरेर कृष्ण राईले खेलको ३४ औँ मिनेटमा गोल गर्दै टिमलाई २–० गोल अन्तरले धरान १७ लाई हौसला बढाएका थिए । खेलको पहिलो हाफमा भने धरान २० तर्पmबाट गोल हुन सकेन । खेलको दोश्रो हाफमा भने खेलको २४ औँ मिनेटमा धरान २० ले पाएको पेनाल्टि सुटआउटलाइ सदुपयोग गर्दै अमर राईले सान्त्वना गोल गरेका थिए । खेलको निर्धारित समय सकिनै लाग्दा धरान १७ को तर्पmबाट मिलन राईले पुनः गोल गर्दै ३–० गोल अन्तरले अग्रता दिलाउँदै जित सुनिश्चित गरेका थिए ।

आज भएको २ खेलको म्यान अफ द म्याच पहिलो खेल र देश्रो खेलको क्रमशः मदन लाबुङ र मिलन राई घोषित भएका थिए । म्यान अफ द म्याच घोषित दुवै खेलाडीले नगद १ हजार ५ सय सहित मेडल प्राप्त गरेका थिए ।

भोली विहिवार हुने खेलमा पहिलो खेल धरान १३ र १६ विच हुनेछ भने दोश्रो खेलमा धरान ८ र १४ भिड्दैछन ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *