गाेधुलि कपमा आज धरान वडा नम्बर ७ र १ विजयी, भोलि धरान ११ र ३ साथमा धरान १९ र १२ बीच प्रतिस्पर्धा हुने

धरानमा जारी २० औँ अन्तर वडा स्तरीय गाेधुलि फुटबल रनिङ कपको आज भएको खेलमा धरान वडा नम्बर ७ र १ ले जित हासिल गर्न सफल भएको छ ।

धरान १६ स्थित धरान रंगशालामा भएको खेलमा भएको पहिलो खेलमा धरान वडा नम्बर ९ लाई ५-१ को फराकिलो गोल अन्तरले पराजित गर्दै धरान ७ ले जित निकालेको हो । प्रतियोगिताको पहिलो हाफको १९ औँ मिनेटमा धरान ७ का अनिस राईले गोल गर्दै आफ्नो टीमलाई सुरूवाति अग्रता लिएको थियो । त्यसको केहि समयपछि फेरी धरान ७ का केशर फोम्बोले २२ औँ अर्को गोल गर्दै आफ्नो टीमलाई २-० को गोल अन्तरले अग्रता दिलाएका थिए ।

खेलको ३१ औँ मिनेटमा धरान ९ का सुरेस लिम्बुले आफ्नो टीमको लागि गोलको खाता खोलेका थिए । त्यसपछि भने धरान ९ का खेलाडीले गोल गर्न सकेन । खेलको दोस्रो हाफको ५१ औँ मिनेटमा धरान ७ का अनिस राईले पुनः गोल गरे, त्यसपछि लगातार धरान ९ का दिनेश श्रेष्ठले ५५ औँ र ७२ औँ मिनेटमा गोल गर्दै आफ्नो टीमलालाई ५-१ अग्रताले विजयी गराउन सफल भएको हो । पहिलो खेलको म्यान अफ दि म्याच समेत दिनेश श्रेष्ठ घोषित भएका छन् ।

आज नै भएको दोस्रो खेलमा धरान वडा नम्बर १ ले धरान वडा नम्बर २ लाई ४-० को गोल अन्तरले हराएको छ । खेलमा वडा नम्बर १ का अनिल सुनामले ह्याट्रिक गरेका थिए भने सुरज खकूरेलले १ गोल गरेका थिए । खेलमा वडा नम्बर २ ले भने कुनैपनि गोल गर्न सकेन । दोस्रो खेलको म्यान अफ दि म्याच अनिल सुनाम घोषित भएका छन् ।

भोलि मंगलबार हुने पहिलो खेल दिउसो १ बजे धरान ११ र धरान ३ बीच हुनेछ । भोलि नै हुने दोस्रो खेलमा धरान वडा नम्बर १९ र धरान वडा नम्बर १२ बीच प्रतिस्पर्धा हुने बताइएको छ । श्राेत : रेडियाे धरान

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *