युनाइटेडकाे यात्रा रोकियो

पाउल पोग्बाले पेनाल्टी गुमाएपछि म्यानचेस्टर युनाइटेड सोमबार इंग्लिस प्रिमियर लिगमा वोल्भससँग १–१ को बराबरीमा रोकिएको छ । मोलिनक्स स्टेडियममा पोग्बाको पेनाल्टीलाई वोल्भसको गोलरक्षक रुई पेट्रिसियोले बचाएपछी याे स्थिति आएकाे हाे।

एन्थोनी मार्सियलको गोलमा ओले गनर सोल्सायरको टोलीले पहिलो हाफमा अग्रता लिएको थियो। खेल अधिकांश समय आफ्नो अधिनमा राख्यो। मार्सियलको प्रिमियर लिगमा यो दोस्रो गोल थियो। रुबेन नेभेसले उत्कृष्ट गोल गर्दै वोल्भसलाई ५५ औं मिनेटमा बराबरीमा ल्याए।

खेलकाे ६९ औं मिनेटमा युनाइटेडले पाएकाे पेनाल्टी पोग्बालाई हान्नु दिने निर्णय निकै कौतूहलपूर्ण थियो। उनले उक्त पेनाल्टी गुमाउँदा युनाइटेडले अग्रताकाे सपना चुकाउनुपर्‍यो । युनाइटेडबाट पेनाल्टीका लागी मार्कस रासफोर्डलाइ मानिएकाे थियाे। गत साता युनाइटेडले चेल्सीमाथि ४–० को जित हात पार्दा पनि रासफोर्डले नै पेनाल्टीमा गोल गरेका थिए । गत सिजनमा उनले नै च्याम्पियन्स लिगको अन्तिम १६ मा पेरिस सेन्ट जर्मेनमाथि पनि स्मरणीय पेनाल्टी गोल गरेका थिए।

पोग्बाले गत सिजन सुरुयता प्रिमियर लिगमा चारपल्ट पेनाल्टी गोल गर्नबाट चुकाइसकेका छन्। जित हात पारेको भए युनाइटेड शीर्षस्थानमा जाने थियो। तर बराबरीको नतिजाले टोली चौथो स्थानमा खुम्चिएको छ। प्रिमियर लिग उपाधिका लागि सोल्सायरको टोलीले धेरै कार्य गर्न बाँकी रहेको देखाएको छ। सोल्सायरले वोल्भससँग उतारेको टोलीको औसत उमेर साढे २४ वर्षको थियो, जुन २०१६–१७ यताको सबैभन्दा कम उमेरको टोली हो।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *