धरानमा बियस राईको हिऊमाझी कथा संग्रहमाथी साहित्य विमर्श कार्यक्रम

कथाकार बियस राईको हीउँमाझी कथा संग्रह माथी साहित्य विमर्श हुने भएको छ । धरान १८ स्थित बिमल पुस्ताकालयमा भोली वैशाख १४ गते शनिवार कार्यक्रम आयोजना गरीएको छ । कन्फ़्युज नेपाल डट कम मीडिया हाउसको आयोजना तथा नेपालेली भाषा तथा संस्कृत अनुसन्धान केन्द्रको सहकार्यमा कार्यक्रम आयोजना गरीएको हो ।

उक्त विमर्श कार्यक्रममा प्रा.डा. टंक प्रसाद न्यौपाने, सहप्राध्यापक सागर मणि सुबेदी र सहप्राध्यापक राजेस विद्रोही बक्ताका रूपमा रहेका छन । यसका साथै उक्त कृतिका लेखक बियस राईको पनी बक्ताको रूपमा उपस्थित हुने छ ।

गत मंग़सिरमा विमोचन गरीएको उक्त कृतिमा १३ कथा संग्रहित छन । हिऊको कठिन बाटोहरूमा ज़्यानको बाजी लगाएर हिमाल आरोहीहरूलाई हिमालको चुचुरो टेकाउने शेर्पाहरूलाई हिऊमाझी भनिएको छ ।

लेखक तथा आख्यानकार राईको यो पहिलो कृति हो । हिऊमाझी कृति बाट नेपाली साहित्य जगतमा पाईला राखेका आख्यानकार राईले निकै सफलता पाएका छन । भन्ने नै हो भने साहित्य जगतमा व्यस्त लेखकको रूपमा बियस राई पनी हुन । हाल उक्त कृतिमा संग्रहित कथा जोख़ाना नाटकमा रूपान्तरण गरी भब्य मञ्चन भइरहेको छ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *