याक्खा समुदायको पहिलो महिला निर्देशक जोगमाया लुम्बा

किरात जाती अन्तर्गत अल्पसंख्यक जातिको रूपमा रहेको याक्खा समुदायको पहिलो पटक एकै साथ ४ वटा याक्खा भाषाको गीतको म्युजिक भिडियो निर्माण भएको छ । उक्त म्यूजीक भिडियो हालसालै नेपाल र यू केमा एकैसाथ रीलिज गरिएको हो । किराँत याक्खा छुम्मा युके र युके निवासी याक्खाहरुको सहयोगमा उक्त म्युजिक भिडियो निर्माण गरिएको हो । याक्खा पालाम शब्द आइतराज याक्खा, स्वर आइतराज याक्खा र मनु नेम्बाङ,सङ्गीत टेकेन्द्र यक्सो , कानिङ याक्खाबा” ,शब्द सङ्गीत अजय याक्खा, स्वर मिना राई, माङ्चुवा छेम्ना ”शब्द— आइतराज याक्खा, स्वर ललित जिमि,संगीत खगेन्द्र यक्सोको रहेको छ भने खिङ्ग उचुना वेन्वे एङ्गा तेन्वे , शब्द लालमाया याक्खा, सँगित अजय र स्वर यासिमा याक्खा र राजेन्द« जीमीको रहेको छ ।

उक्त म्युजिक भिडियोको छायांकन धनकुटा र सङ्खुवासभाका विभिन्न याक्खा बस्तिमा गरिएको छ । सम्पुर्ण गीतहरुमा याक्खा जातिको भाषा , सस्कार, सँस्कृती, भुमीको गुणगान साथै सँरक्षण र सम्वर्धनमा जोड दिएको छ । बिष्णुदेव कोङ्ग्रेनको प्रस्तुती रहेको म्युजिक भिडियो निर्माणको सम्योजन प्रेम जिमिले गर्नुभएको छ भने म्युजिक भिडियोको निर्देशन जोगमाया लुम्बाले गर्नुभएको छ । यसभन्दा अधि नेपाली चलचित्र जीवन काँडा कि फुल, मिराज र गोल मा अभिनय गरिसक्नु भएको छ भने विभिन्न सचेतनामुलक सन्देशहरुको निर्देशन समेत गरिसक्नुभएको छ । वहाँ लामो समय देखि सञ्चारकर्मि पनि हुनुहुन्छ ।

उक्त म्युजिक भिडियोमा कलाकारहरु जोगमाया लुम्बा, अजय याक्खा, रिवाच याक्खा,आईतराज याक्खा,कल्पना याक्खा, बिश्व याक्खा ,खुमन याक्खा, उर्मिला याक्खा, सुस्मीता याक्खा, रीमा याक्खा,सुगम राई, कविता याक्खा ,जीवन याक्खा, सोना याक्खा ,ललित याक्खा ,कृष्णा याक्खा साथै र्मिमिरे क्लब तामाफोक र किरात याक्खा साँस्कृतिक कलाकार सँघ धरानका कलाकारहरुले अभिनय गरेका छन ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *