भिमफेदी गाइज ‘सिङ्गल छु’ भन्दै अलिसालाई फकाउदै

गायक आर के खत्रीको आवाजमा रहेको सिङ्गल छु बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। नवीन प्रभातको शब्द रहेको गीतमा गायक खत्री कै संगीत रहेको छ भने एरेन्ज रिकेश गुरुङको रहेको छ।

भिमफेदी गाइजका निर्मला लामाको भिडियो कोरियोग्राफी रहेको गीतमा भिमफेदी गाइज र अलिसा राईलाई फिचर्ड गरिएको छ।

गायक खत्रीलाई पनि भिडियोमा देख्न सकिन्छ । भिमफेदी गाइजका निर्मल लामाकै निर्देशन रहेको गीतको भिडियोमा छायाङ्कन र सम्पादन पवन सुस्लिङको रहेको छ।

आर के खत्री सम्भावना बोकेका गायक हुन् । यस अघि उनको ‘सुन सान रातमा’, ‘हेरन’, ‘रातो लिपिस्टिक’, ‘तिमी भन्छौ मलाई’, ‘एक बोत्तल’ लगायत गीत सार्वजनिक भईसकेका छन्। सांगीतिक माहोलमै हुर्किएका खत्री चर्चित गायक कमल खत्रीको भाई हुन्।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *