प्रिमियरमै ‘माछा माछा’ लाई फलिफाब

नेपाली चलचित्र जगतका चिरपरिचि निर्देशक रामबाबु गुरुङ र चर्चित अभिनेता दयाहाङ राईको संयुक्त निर्माणमा क्राइम कमेडी चलचित्र “माछा माछा” को प्रिमियरमा सुखद प्रतिक्रिया मिलेको छ । राजधानी स्थित विग मुभिजमा नेपाली चलचित्र क्षेत्रका अग्रज तथा चिर परिचित चलचित्रकर्मि उपस्थितिमाझ चलचित्रको प्रिमियर शो गरिएको थियो । उपस्थित चलचित्रकर्मीहरुले अभिनयको प्रशंसाको साथै चलचित्रमा कमेडी पक्ष एकदमै मन परेको प्रतिक्रिया दिए ।

चलचित्रमा कलाकारको अभिनय सबैभन्दा मन परेको पाटो हो । हरेक कलाकारले उम्दा अभिनय गरेका छन । सौगात मल्ल चलचित्रको मेरुदण्ड हुनुहुन्छ, वहाँको काम जबरजस्त छ । चलचित्र “माछा माछा”मा अतिथी भुमिकामा रहेका प्रिमियर कार्यक्रममा पुगेका अभिनेता गौरव पहारीले बताए ।

कलाकार बुद्धि तामाङलाई पनि चलचित्रको कमेडी पाटोले निकै चित्त बुझेको बताउँदै चलचित्रमा सिचुएशन कमेडी छ । चलचित्र हेरुन्जेल गज्जबले मनोरञ्जन दिन्छ । यसै बिच उनले थपे अभिनेत्री मिरुना मगरले पनि चलचित्र राम्रो बनेको बताउँदै कलाकारको अभिनय सबैभन्दा मन परेको बताइन । त्यसै गरेर अभिनेत्री सृष्टि श्रेष्ठले चलचित्रको कमेडी पाटो नै उत्कृष्ट लागेको बताइन ।

निर्देशक गुरुङले प्रिमियरमा चलचित्रकर्मीबाट पाएकाे प्रतिक्रियाले खुसी महशुस भएको छु, स्क्रिप्टलाई हुबहु पर्दामा उतार्न आफूले सम्पूर्ण प्रयास गरेको उनको भनाई छ । यस चलचित्रका निर्माता दयाहाङले आफूले सोचेको जस्तै चलचित्र बनेकोमा खुसी व्यक्त गरे । निर्देशकले स्क्रिप्टलाई दुरुस्तै पर्दामा उतार्न सफल भएको उनको भनाई छ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *