दयाहाङ राइ को ‘आप्पा’ असार १३ मा आउने

विनाेद विके, माउन्टेन स्टोरिज र सिनेमा आर्टको व्यानरमा निर्मित नेपाली कथानक चलचित्र ‘आप्पा’ यही असार १३ गते देश भर एक साथ प्रदर्शन आउने भएको छ । बाबु छोरा को सम्बन्ध को बारे मा बनेको फिल्मले एक बाबु ले आफ्नो सन्तान को खुशी को लागि गरेको त्याग , तपस्या, बलिदान र मेहनत को बारे मा बोल्ने छ । असार १३ गतेदेखि नेपालभर प्रर्दशनमा आउन लागेको फिल्म ‘आप्पा’ले प्रचारप्रसारको नयाँ योजना तयार गरेको छ। अभिनेता दयाहाङ राईले भिडियो मार्फत आप्पा स्टोरी च्यालेन्जको बारेमा जानकारी दिएका हुन।

यस च्यालेन्जमा दुई तरिकाले सहभागी हुन सकिनेछ। फोटो स्टोरी च्यालेन्जमा भाग लिन चाहनेले आफ्नो बुवासँगको फोटो वा बुवाको मात्र फोटोमा राखेर क्यापसनमा उनको बारेमा केही लेख्नुपर्नेछ। उक्त पोस्टलाई आप्पा नेपाली फिल्मको फेसबुक वा इन्स्टाग्रामको अफिसियल पेजमा ट्याग गर्नुपर्नेछ। अन्तिममा उक्त पोस्ट आफ्नो ३ जना साथीलाई ट्याग गरेर च्यालेन्जको लागि आग्रह पनि गर्नुपर्नेछ।

त्यस्तै भिडियो स्टोरी मार्फत सहभागिता जनाउन चाहनेले पनि फोटो च्यालेन्जमा जस्तै आफ्नो बुवासँगको भिडियो अपलोड गरेर उनलाई भन्न मन लागेको कुरा भिडियोमा भन्नुपर्नेछ। फोटोमा जस्तै ३ जना साथी र आप्पा फिल्मको फेसबुक र इन्स्टाग्राममा भिडियो ट्याग गरेर आप्पा स्टोरी च्यालेन्जको बारेमा बताउनुपर्नेछ।

च्यालेन्जमा सहभागी मध्ये प्रेरणादायी कथा भएको भिडियो र फोटोलाई विजेता घोषणा गरिने बताइएको छ । फोटो स्टोरीको विजेताले २५ हजार नगद र आप्पा फिल्म प्रिमियरको २ ओटा टिकट प्राप्त गर्नेछन्। यस्तै भिडियो स्टोरी तर्फको उत्कृष्ट एक जनाले ५० हजार नगद र आप्पा फिल्म प्रिमियरको दुईवटा टिकट प्राप्त गर्नेछन्।

च्यालेन्जमा सहभागी हुन इच्छुकहरुले असार ६ गते भित्र सहभागिता जनाइसक्नु पर्नेछ।फिल्ममा दयाहाङले आप्पाको भूमिका निर्वाह गरेका छन्। सिद्दार्थराज तामाङले दयाहाङको छोराको भूमिका निर्वाह गरेका छन्।अनमोल गुरुङ को लेखन निर्देशन रहेको फिल्म लाई रुदेन सदा लेप्चा ले निर्माण गरेका छन । फिल्ममा अनमोल गुरुङको संगीत, निमेष श्रेष्ठको सम्पादन, शैलेन्द्र डि कार्कीको छायाँकन र योजना प्रधानको कोरियोग्राफी रहेको छ।सिनेमामा तुलसी घिमिरे, अरुणा कार्की, अल्लोना कबो लेप्चा, सम्राट विश्वास र रिंकीको अभिनय छ। चलचित्र ‘आप्पा’ यही असार १३ गते देश भर एक साथ प्रदर्शन आउने भएको छ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *