कुलुङ सांस्कृतिक चाड चाक्चाचुरमा चारिछा (भिडियाे)

किरात कुलुङ भाषा तथा संस्कारलाई समेटेर तायार पारिएकाे चलचित्र चारिछा धमाधम प्रदर्शन भै रहेकाे छ । छविशीत कुलुङ द्धारा लिखित तथा निर्देशित याे सर्ट मुभि भाेली धरानमा पनि प्रदर्शन हुँदैछ । कुलुङ जातिहरुकाे महान चाड चाक्चाचुरकाे अवसरमा धरानमा पनि याे सर्ट मुभि प्रदर्शन हुन लागेकाे हाे ।

नेपाल कुलुङ भाषा संस्कृति उत्थान संघ सुनसरिकाे अायाेजनामा प्रदर्शन हुन लागेकाे साे सर्ट मुभि ३० मिनेटकाे रहेकाे छ । घरमा पुरुष नहुँदा स्वास्नी मान्छेले खेप्नु परेकाे बेदनालाई याे छाेटाे चलचित्रमा समेटिएकाे छ ।

सरावि गजलकारकाे रुपमा परिचित कवि तथा गजलकार छविशीत कुलुङले आफु स्कृप्ट राईटर पनि हाे भन्ने पुर्ण विस्वास दिलाएका छन। युटुबमा निकै दर्शकबाट मन पराईएकाे सर्ट मुभि रङ नम्बर उनैले लेखेका हुन । काेरियालाई कर्म थलाे बनाउँदै अाफ्नाे लेखन यात्रालाई अगाडि बढाई रहेका छवि नेपाल अाएर पनि उतिकै लेखनमा छवि देखाई रहेका छन ।

आफ्नै लेखन तथा निर्देशनमा तयार भएकाे उक्त सर्ट मुभिमा छविले रमा कुलुङ, सवित कुलुङ, विकास कुलुङ, मनवहादुर कुलुङ, सरिता कुलुङ, सुजता कुलुङ, भरत कुलुङ, स्वस्तिका कुलुङ, मैयासिता कुलुङ र सिलाचतुर कुलुङ अादि कलाकारलाई पर्दामा देखाएका छन ।

भाेलि धरान ५ देविगाउँ स्थित किरात कुलुङ संघकाे भवनमा अायाेजना हुने उक्त चाडमा विभिन्न सेगमेण्टमा कार्यक्रम हुने अायाेजकले जानकारि दिएका छन । नेपाल किरात कुलुङ भाषा तथा सांस्कृतिक संघकि सह सचिव गाेमा कुलुङकाे अनुसार मानव सेवालाई लक्षित गर्दै रक्तदान बाट कार्यक्रमकाे मेसाे बसाईनेछ । कार्यक्रमकाे दाेश्राे सेगमेण्टमा कुलुङ जातिकाे खानाकाे परिकारकाे प्रदर्शनी र कुलुङ सांस्कृतिक संग्राहलय अवलाेकन रहनेछ । त्यसै गरेर कार्यक्रमकाे तेश्राे सेगमेण्टमा अाैपचारिक कार्यक्रम तथा सांस्कृतिक कार्यक्रम रहनेछ भने कार्यक्रमकाे अन्तिम सेगमेण्टमा कुलुङ सर्ट मुभि चारिछा प्रदर्शन गर्दै कार्यक्रमकाे बिट मारिनेछ । भाेलीकाे यस कार्यक्रममा धरान उपमहानगर पालिकाका नवनिर्वाचित मेयर तिलक राई प्रमुख अतिथि रहने छन ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *