बहराइनमा पहिलो पटक ‘हिमाली फ्युजन’ लाइभ म्युजिक

बहराइनमा बसोबास गरिरहेका नेपालीहरुको ब्याण्ड ‘हिमाली फ्युजन’ ले नेपालीहरुको महान चाड दशैको अवसरमा लाइभ म्युजिकल सो गर्ने भएको छ । ७ जनाको टिम रहेको उक्त ब्याण्डमा गायक धन लामा , प्रतिक सिवा,बसन्त बिस्ट, नोर्बु, नरेन, सुशील र राजिब समाबेस छन् । १८ अक्टोबर (नवमी) को दिन होरा स्थित इन्द्रेणी रेस्टुरेन्टको सभाहलमा हुने भएको छ | उक्त सो मा कुनै बाहिरबाट कलाकारहरु नल्याई आफुहरुनै मिलेर भब्य रुपमा कार्यक्रमको आयोजना गर्ने बताउछन् आयोजक ।

बिगत केही बर्षदेखी बिभिन्न सो हरुमाआफ्नो प्रष्तुती दिइसकेको उक्त ब्याण्डले बहराइन सरकारले आयोजना गरेको ‘Bahrain For All, All For Bahrain’जस्ता इभेन्टमा समेत आफ्नो प्रस्तुती देखाइसकेको जानकारी उक्त ब्याण्डका मेम्बर प्रतिकले जानकारी दिए ।

टिकट शुल्क बहराइनी दिनार ५ राखिएको छ भने सो समाप्ती सँगै डान्स पार्टी पनि आयोजना गरेर रमाइलो गर्दै दशैको शुभकामना आदान प्रदान गर्ने कार्यक्रम रहेको छ ।

Himali Fusion

Facebook Comments

कन्फ्युजनेपाल

Hy, I'm Gokul & thank you for viewing my post. Please send me email if you have any suggestions and feedback.

Leave a Reply

Your email address will not be published. Required fields are marked *